राजु तामाङ, बागमती–बुढ्यौली साहित्य समाज सर्लाही–रौतहटले आठ औँ शृङ्खला सम्पन्न गरेको छ ।
शनिबार बागमती नगरपालिका–११, स्थित श्री महेन्द्र जनता माध्यामिक विद्यालयमा आयोजित कार्यक्रमका बिच समाजको आठ औँ शृङ्खला सम्पन्न गरिएको हो । समाजका अनुसार यस शृङ्खलालाई बुढ्यौली रचना वाचन तथा सम्मान कार्यक्रमका रुपमा सम्पन्न गरिएको समाजका प्रदेश तथा सर्लाही–रौतहट अध्यक्ष लम्बोदर काफ्लेले जानकारी दिए ।
संस्मरणकार डाक्टर शालिग्राम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न शृङ्खलामा बागमती नगरपालिकाका विभिन्न विद्यालयका छात्रछात्राहरूको समेत सहभागिता रहेको थियो । उनीहरूले समेत आफ्नो साहित्यिक सृजना प्रस्तुत गरेका आयोजकले जनाएको हो । कार्यक्रममा सहभागि विद्यार्थीहरूलाई प्रोत्साहन तथा मायाको चिनो समेत प्रदान गरिएको समाजका अध्यक्ष काफ्लेले बताए ।
कार्यक्रममा सर्लाही सहित रौतहट, महोत्तरी सप्तरी, सिराहा, धनुषा, बारा, पर्सा लगायत विभिन्न जिल्लाका साहित्य सृजनाकारहरु, शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो । समाजमा रहेका प्रस्फुटन हुन नसकेका सृजनाहरूलाई समेत बाहिर ल्याउने उद्देश्य सहित यस समाजले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
कार्यक्रममा निर्माण व्यवसायी केशव बहादुर दहाल, श्री ५ महेन्द्र जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक नवकिरण श्रेष्ठ लगायत विभिन्न व्यक्तित्वहरूकाे समेत आतिथ्यता रहेको थियो ।