Wednesday, January 15, 2025

लालबन्दीमा नवौँ माघी महोत्सव २०८१ सुरु

ताजा / भरखरै प्राप्त


लालबन्दी– सर्लाहीको लालबन्दीमा थारू नयाँ वर्ष २६४८ तथा नवौँ माघी महोत्सव २०८१ सुरु भएको छ । 

सोमबार जिल्लाको लालबन्दी नगरपालिका–३, सिस्वाजब्दी भैरवपुर खेलमैदानमा महोत्सवको उद्‌घाटन गरिएको हो । उक्त समारोहमा थारू नयाँ वर्ष तथा माघीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत आयोजना गरिएको थारू कल्याण कारिणी सभा सर्लाहीका अध्यक्ष सूर्य नारायण चौधरीले जानकारी दिए ।

थारू कल्याण कारिणी सभा जिल्ला समिति सर्लाही तथा विभिन्न थारू समुदाय सम्बद्ध सङ्घ संस्थाको आयोजनामा दुई दिने महोत्सव सुरु भएको अध्यक्ष चौधरीको भनाई छ । सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य राम प्रकाश चौधरीको प्रमुख आतिथ्यतामा महोत्सवको उद्‌घाटन गरिएको उनले जानकारी दिए ।

आयोजकका अनुसार महोत्सव अन्तरगत भोलि मङ्गलबार वृहत सांस्कृतिक प्रतियोगिता तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ । प्रतियोगितामा उत्कृष्ट हुने व्यक्ति तथा समुहलाई १० हजार ५ रुपैयाँ, ७ हजार ५ रुपैयाँ र ५ हजार ५ रुपैयाँ नगद पुरस्कार समेत प्रदान गरिने भएको छ । प्रतिस्पर्धामा थारू संस्कृति झल्कने नृत्यहरू समेत समावेश हुने अध्यक्ष चौधरीले बताए ।

यसैबीच कार्यक्रममा थारू समुदायबाट छात्रवृत्तिमा नाम निकालेका, निजामती सेवा प्रवेश गरेका, स्नातक, स्नातकोत्तर र विद्यावारिधि गरेका तथा सरकारी सेवा निवृत्त भएका व्यक्तिहरूलाई सम्मान गर्ने भएको छ । आगामी पुस्तालाई शैक्षिक गतिविधिमा प्रोत्साहन गर्न समेत सम्मान कार्यक्रम आयोजना गरिएको उनले बताए ।

औपचारिक कार्यक्रम पूर्व थारू समुदायको संस्कृति झल्किने झाकी समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा संविधान सभा सदस्य रामचन्द्र चौधरी, मधेश प्रदेश सरकारकी निवर्तमान श्रम तथा यातायात मन्त्री बेची लुङ्गेली, मधेश प्रदेश सरकारकी पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य उर्मिला देवी सिंह थारु, ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्य, उपमेयर रञ्जिता देवी चौधरी लगायतको आतिथ्यता रहेको थियो । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles