Wednesday, January 22, 2025

बागमतीमा निशुल्क आँखा शिविर सुरु, पहिलो दिन २४० जनाको आँखा जाँच

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिकामा आजबाट निशुल्क आँखा शिविर सुरु भएको छ । 

बागमती नगरपालिकाको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर सुरु भएको हो । शिविरको पहिलो दिन आज २ सय ४० जनाको आँखा परीक्षण गरिएको आयोजक बागमती नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पदम रायमाझीले जानकारी दिए । 

शिविरमा परीक्षण गरिएका मध्य ४३ जनामा मोतिया बिन्दुको समस्या फेला परेको छ । मोतिया बिन्दुको समस्या देखिएका बिमारीहरूको आँउदो माघ १२ गते देखी १४ गते सम्म बागमती नगरपालिका–५, सोल्टी स्थित जनता नमुना माध्यामिक विद्यालयमा शल्यक्रिया गरिने आयोजक बागमती नगरपालिकाले जनाएको हो । 

शिविर अन्तरगत आज बागमती नगरपालिका–९, स्थित जनजागृति प्राथमिक विद्यालय लालबन्दी टोलमा स्कृनिङ सम्पन्न गरिएको थियो । शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ टोली खटिएका नगरपालिकाले जनाएको छ । 

शिविर अन्तरगत भोलि शनिबार बागमती नगरपालिका स्थित जानकी जनता प्राथमिक विद्यालय प्राङ्गणमा स्कृनिङ सञ्चालन हुने आयोजकले जनाएको छ । 

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles