Wednesday, January 22, 2025

बागमतीमा शिक्षक शिक्षिकाद्वारा अक्षयकोषमा रकम जम्मा

ताजा / भरखरै प्राप्त

राजु तामाङ, बागमती–सर्लाहीको बागमती नगरपालिकाको एक विद्यालयका शिक्षक शिक्षिकाहरुले मिलेर अक्षयकोषमा रकम जम्मा छ गरेका छन् । 

सोमबार बागमती नगरपालिका–८, शंकरपुरमा रहेको नव जन जागरण माध्यामिक विद्यालयका शिक्षक शिक्षकहरूले मिलेर अक्षयकोषमा रकम जम्मा गरे । विद्यालयमा अध्ययनरत विपन्न, जेहनदार छात्रछात्राहरूको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्य सहित विद्यालयले गत पुषमा अक्षयकोष स्थापना गरेको थियो । उक्त कोषमा विद्यालयका शिक्षक तथा कर्मचारीहरूले रकम जम्मा गरेका प्रधानाध्यापक बद्रि पोखरेलले बताए ।

विद्यालयका शिक्षक शिक्षिका तथा कर्मचारीहरूले ऐक्यवद्धता सहित अक्षयकोषमा रकम जम्मा गरेका थिए । शिक्षक शिक्षिका तथा कर्मचारीहरूको तर्फबाट नगद एक लाख ६ हजार ८ सय ३१ रुपैयाँ कोषमा जम्मा भएको प्रधानाध्यापक पोखरेलले बताए । सोही कार्यक्रमका बिच स्थानीय अभिभावकहरूलाई समेत विभिन्न अवसरमा खर्च गर्ने रकम विद्यालयको अक्षयकोषमा सहयोग गरिदिन आग्रह समेत गरिएको विद्यालयका सह प्रधानाध्यापक धर्मलाल गोलेले बताए । 

गत पुषमा स्थापना गरिएको अक्षयकोषमा स्थानीय, विभिन्न सङ्घ संस्था, सामाजिक व्यक्तित्वहरूले समेत गरी उत्साहजनक रुपमा ५ लाख बढि रकम जम्मा गरिदिएको उहाँको भनाई छ । यसबाट विपन्न तथा जेहनदार छात्रछात्राहरूको पठनपाठनमा सहयोग पुग्ने प्रधानाध्यापक पोखरेलको भनाइ छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles