Wednesday, January 22, 2025

निशुल्क शिविर : ११२५ जनाको आँखा जाँच, १७७जनामा मोतिया बिन्दु

ताजा / भरखरै प्राप्त

सरिता सापकोटा, बागमती– सर्लाहीको बागमतीमा जारी निशुल्क शिविरमा एक हजार एक सय २५ जनाले आखा जाँच गराएका छन। भने, एक सय ७७ जनामा मोतिया विन्दुको समस्या फेला परेको छ । 

सोमबार चौथो दिनको स्कृनिङ सम्पन्न हुँदा शिविरमा आखाँ जाँच गर्नेको सङ्ख्या एक हजार एक सय २५ पुगेको हो । भने, १ सय ७७ जनामा मोतिया बिन्दुको समस्या देखिएको हाे । शिविर अन्तरगत आज जनकल्याण आधारभुत विद्यालय बागमती नगरपालिका–३, धरहरा प्राङ्गणमा स्कृनिङ सम्पन्न गरिएको थियो । सम्पन्न स्कृनिङमा एक सय ७४ जनाको आँखा जाँच गरिएको र ४४ जनामा मोतिया बिन्दुको समस्या फेला परेको हो । 

शिविर अन्तरगत पालिकाका विभिन्न ८ स्थानमा स्कृनिङ गरिएको स्वास्थ्य शाखा संयोजक पदम रायमाझीले बताए । बागमती नगरपालिकाको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा शिविर सञ्चालन भइरहेको हो । गत माघ ४ गतेबाट सुरु भएको शिविर ११ गते सम्पन्न हुने आयोजकले जनाएको हो । स्कृनिङ शिविरमा फेला परेका मोतिया बिन्दुका विमारीलाई माघ १२ देखी १४ गते सम्म बागमतीमै शल्यक्रिया गरिने भएको छ ।

शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानका नेत्र रोग विशेषज्ञ टोली खटिएका नगरपालिकाले जनाएको हो । शिविर अन्तरगत भोलि मङ्गलबार जनज्योति आधारभुत विद्यालय बागमती–४, जिरायतमा स्कृनिङ शिविर सञ्चालन हुने आयोजकले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles